
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । कञ्चनपुरमा किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ र बलात्कारमा संलग्न अर्काको खोजी भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश डाँगीले भीमदत्त नगरपालिकाका २७ वर्षीय प्रेम प्रकाश जोशीलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
पुस १० गते साँझ जोशीले घरनजिकै बोलाएर बलात्कार गरेको पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छिन् । घटनाबारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij