
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । आफू अपहरणमा परेको भन्दै ६ लाख रुपैयाँ फिरौती पठाउन भनेका व्यक्तिलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको छ । चितवनका कृष्ण थापा र दीपेन्द्र महतलाई भारतको सितामढीबाट सकुशल उद्धार गरिएको रौतहट प्रहरीले जनाएको छ । पुस ५ गते घरमा महतसँगै निस्किएका थापाले दुई दिनपछि श्रीमतीलाई भिडियो कल गर्दै आफू अपहरणमा परेको बताएका थिए ।
अपहरण मुक्त हुनका लागि अपहरणकारीले ६ लाख रुपैयाँ मागेको उनले बताएका थिए । त्यसपछि पीडितका आफन्त प्रहरीकहाँ पुगेका थिए । भारतीय प्रहरीले मंगलबार अपहृतको उद्धार गरेको हो । उनीहरुलाई रौतहट प्रहरीले परिवारको जिम्मा लगाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij