
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । प्रहरी प्रधान कार्यालयले गैरहाजिर रहेका २१ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । कार्यालयले सूचना जारी गर्दै आफूखुशी गैरहाजिर रहेका २१ प्रहरीलाई सात दिनभित्र स्पष्टिकरणसहित सम्पर्कमा आउनमा लागि निर्देशन दिएको हो ।
गैरहाजिर हुनेमा एकजना प्रहरी वरिष्ठ हवलदार, पाँच जना प्रहरी सहायक हवलदार, १३ जना प्रहरी जवान र २ जना प्रहरी कार्यालय सहयोगी रहेका छन् । प्रहरी प्रधान कार्यालयले उनीहरुलाई बाटोको म्यादबाहेक सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij