Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

दुई हजार केजी चिनी बरामद

दुई हजार केजी चिनी बरामद

  • काठमाडौं । भन्सार छली बजार भित्र्याउने क्रममा उदयपुर प्रहरीले चिनी र खैनीसहित एक पिकअप गाडी नियन्त्रणमा लिएको छ । सिरहाबाट उदयपुरको व्यापारिक केन्द्र कटारीतर्फ लैजाँदै गरेको दुई हजार केजी चिनी र कबिर छाप खैनी ८ बोरा बरामद भएको हो ।

    images
    images
    images

    प्रहरी चौकी बेलश्रोतले नियमित चेकजाँचका क्रममा प्रदेश २–०१–००१ च ०६३० नम्बरको पिकअपमा गाडीमा उक्त सामग्री भन्सार छली भित्र्याएको भेटिएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सूचना अधिकारी हरिनन्दन चौधरीले जानकारी दिए । 

    प्रहरीले बरामद सामग्री र पिकअप भ्यान थप अनुसन्धानका लागि राजश्व कार्यालय इटहरी पठाएको उनले बताए। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij