
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । बालिकाहरुलाई यौनजन्य कार्यमा लगाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले टोखा नगरपालिका– ९ नयाँबसपार्क बस्ने नुवाकोट तादी गाउँपालिका– ६ घर भएका २४ वर्षीय सुमन तामाङलाई पक्राउ गरेको हो । तामाङले नयाँबसपार्कमा रहेका विभिन्न होटल तथा गेष्ट हाउसहरुमा बालिकाहरुलाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौनजन्य कार्यमा लगाउने गरेका थिए ।
मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले यौनजन्य कार्यमा लगाइएका ४ जना बालिकाको उद्धार पनि गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij