
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरण इनरुवा सव स्टेशनको उद्घाटन गरेका छन् ।सुनसरीको इनरुवास्थित भोक्राहामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उक्त सवस्टेशन उद्घाटन गरेका हुन् ।
४००–२२०–१३२–३३ केभी क्षमताको सवस्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अबको डेढ वर्षमा शतप्रतिशत जनतालाई विद्युतको पहँच पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
उनले सरकारले ठूला क्षमताका प्रसारण लाइन जोड्ने अभियान चलिरहेको भन्दै अरुण र तमोरको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न सुनसरीको यो सवस्टेशन भारतमा विद्युत बेच्नसमेत मेरुदण्ड बन्न सक्ने बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij