काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ । पदाधिकारी बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
बैठकमा विधान अधिवेशन र केन्द्रीय कमिटी बैठकको मिति तय हुने उनले जानकारी दिए ।