Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

नक्कली सवारी दर्ता किताब बनाउने दुईजना पक्राउ

नक्कली सवारी दर्ता किताब बनाउने दुईजना पक्राउ

  • काठमाडौं । नक्कली सवारी दर्ता किताब बनाएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बौद्ध बस्ने ४२ वर्षीय डिबि भन्ने दिल बहादुर घिसिङ तामाङ र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने ३३ वर्षीय आइतसिंह तामाङ रहेका छन् ।

    images
    images
    images

    उनीहरूबाट बाग्मती प्रदेश ०१ ०२५ च २७५९ नम्वरको कारको ब्लुबुक १ थान, विभिन्न नम्बरका कारका सवारी दर्ता प्रमाणपत्र ४ थान, कार ५ थान, विभिन्न सरकारी कार्यालयका छापहरु ४ थान र मोबाइल २ थान बरामद भएको छ ।

    उनीहरुलाई लिखत किर्ते सम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij