
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । १४ किलो सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । प्रहरीले अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सरसफाइ सुपरभाइजर सुशील पाण्डेलाई पक्राउ गरेको हो ।
मंसिर २१ को दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए । सरकारले उक्त सुन प्रकरणको अनुसन्धानका लागि प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा समिति गठन गरेको छ ।
यो प्रकरणमा अनुसन्धानका लागि छानबिन समितिले त्रिभुवन विमानस्थलका ३ जना कर्मचारीलाई पक्राउ गरिसकेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij