
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । उदयपुरमा भरूवा बन्दुकसहित एकजना महिलालाइ प्रहरीले पक्राउ गरेको छ । बेलका नगरपालिका-४ आनन्दटोल बस्ने ४७ वर्षीया दुर्गा विकलाई भरुवा बन्दुक २ नालसहित प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त बन्दुकसहित उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij