
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । प्रहरीले स्रोत नखुलेको सुनका गरगहनासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-११ राँझाका २९ वर्षीय मोहन बिक र बाँकेको राप्ती सोनारी गाउँपालिका-२ घर भई बाँकेको डुँडुवा गाउँपालिका-५ स्थित जब्दहवा बस्ने ३८ वर्षीय देविन्द्र बहादुर घर्तीलाइ रहेका छन् ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मोतिपुर, इप्रका बगनाह र कर्तनियाघाट प्रहरी चौकीबाट खटिएको टोलीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दियाको बारबर्दिया नगरपालिका-९, कर्तनियामा चेकजाँचका क्रममा हुण्डाई गाडी र सुनका गरगहनासहित उनीहरूलाई पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij