
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । दुबईबाट नेपाल आएका दुई विदेशी नागरिक अवैध सुन ल्याएको आरोपमा त्रिभुवन विमानस्थलबाट पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । ए२४७०८४२३ वाहक इजिप्टका नागरिक सेरिफसँगै पी १०१८४८९७ नम्बरको राहदानी वाहक उनका सुडानी साथी ओस्मानलाई नियन्त्रणमा लिइएको छ ।
दुबईबाट आएका दुई जना विदेशी यात्रुको साथबाट साढे ६ किलोग्राम सुन फेला परेको प्रहरी स्रोतको दाबी छ । उनीहरूको साथबाट बरामद भएको सो परिमाणको तरल सुन फेला परेको बताइए पनि त्यसलाई प्रहरीले बाहिर ल्याएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij