Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

माल्टाको मोह देखाउने पक्राउ !

माल्टाको मोह देखाउने पक्राउ !

  • काठमाडौँ । माल्टा पठाइदिन्छु भन्दै ठगी गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको हिमा गाउपालीका-५ घर भइ हाल काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने ३३ वर्षीय धर्मेन्द्र शाही रहेका छन् ।

    images
    images
    images

    वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक एक लाख दश हजार रुपैयाँ तलब हुन्छ भनी धर्मेन्द्रले २ जनालाई प्रलोभनमा पारी सात लाख पाँच हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनलाई बिहीबार ललितपुर महानगरपालिका-४ जावलाखेलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij