
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नागढुंगाबाट २ केजी सुन प्रहरीले बरामद गरेको छ । रसुवाबाट काठमाडौंतर्फ आउँदै गरेको गाडीबाट २ किलो सुनसहित ३ जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका ५ का २८ वर्षीय ग्यालसिंह तामाङ, २६ वर्षीय वीरु तामाङ र स्याफ्रुबेसीका २१ वर्षीय सुनिल भुजेल रहेका छन् । सुन कहाँबाट ल्याएको हो र कता लगिँदै थियो भन्ने विषय खुल्न बाँकी रहेको रेग्मीले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij