
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालको गण्डकी प्रदेश ईन्चार्जको जिम्मेवारी पर्वतका अर्जुन पौडेल ‘निर्जन’ ले पाएका छन् । यसअघि पौडेल युवा संघको वडा पालिका जिल्ला अञ्चल प्रदेश हुँदै केन्द्रीय सदस्य बनेर एक कार्यकाल सहइन्चार्जको जिम्मेवारी सम्हाले थिए । उनी २०५४ अनेरास्ववियुको सदस्यताबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका थिए ।
उनी २०५८ मा अनेरास्ववियु जिल्ला कमिटी सदस्य, २०६४ मा युवा संघको वडा कमिटी अध्यक्ष, २०६७ मा जिल्ला कमिटी सदस्य, अञ्चल कोषाध्यक्ष, प्रदेश सचिवालय सदस्य हुँदै २ पटक केन्द्रीय सदस्य बनेका थिए ।उनी नेपालगञ्ज महाधिवेशनबाट सचिवालय सदस्य निर्वाचित भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij