Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

जुवातास खेलिरहेका १४ जना पक्राउ

जुवातास खेलिरहेका १४ जना पक्राउ

  • काठमाडौ । ललितपुर महानगरपालिका-३ झम्सिखेलस्थित सुस्मा नेपालको मुगल होटेलमा कौडा खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही महानगरपालिका-२४ धापाखेल बस्ने महांकाल गाउँपालिका-४ घर भएका ३४ वर्षीय रमेश तिमल्सिना समेत ११ जना रहेका छन् । 

    images
    images
    images

    जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ९९ हजार ५ सय रूपैयाँ र  १६ थान कौडासहित बुधबार राति पक्राउ गरेको हो ।

    त्यस्तै काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङगास्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने ३९ वर्षीय संजिब बस्नेत सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले नगद १५  हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij