Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौ । सुनका विभिन्न गरगहना तथा नगद गरी जम्मा १३ लाख ५० हजार रूपैयाँ चोरी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही महानगरपालिका-८ तलगंगा बस्ने भारत बिहार घर भएका २१ वर्षीय कृष्ण पोदार, भारत मोतीहारी राजापुर घर भएका १९ वर्षीय फ्रुटी भन्ने किसन गिरी र नागार्जुन नगरपालिका-६ सितापाईला घर भएका ३० वर्षीय बिक्रम गर्तौला रहेका छन् ।
गत कात्तिक ५ गते राति काठमाडौं महानगरपालिका-९ गौशला बस्ने बाल कृष्ण श्रेष्ठको घरबाट उक्त गरगहना तथा नगद चोरी गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौं सिनामंगल शम्भुमार्गबाट मंगलबार साँझ पक्राउ गरेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij