
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । सरकारले एनसेल प्रकरण छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको नेतृत्वमा समिति गठन गरेको हो ।
प्रधानमन्त्री कार्यालयका कानुन हेर्ने सचिव फणिन्द्र गौतम र अर्थ मन्त्रालयका सहसचिव रितेश काफ्लेलाई समितिमा सदस्य बनाइएको छ । काफ्ले राजस्व महाशाखा प्रमुख हुन् । त्यस्तै अर्का सदस्य सञ्चार मन्त्रालयका सहसचिव बाबुराम भण्डारी छन् ।
छानबिनका लागि समितिलाई तीस दिनको समय दिइएको छ । प्रक्रिया पूरा नगरी एनसेल खरिद बिक्री गरेर आर्थिक चलखेल भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij