Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौ । खानेपानी तथा महशुस निर्धारण आयोगको अध्यक्षमा रुद्रप्रसाद गौतम नियु्क्त भएका छन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारको प्रवक्ता रेखा शर्माले सो बारे जानकारी गराएकी हुन् । सो बैठकले आयोगको सदस्यमा यशोदा कार्की र कुलभूषण शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
विश्व बैंकबाट ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण’को लागि प्राप्त हुने सहायतासम्बन्धी वार्ता गर्नका लागि अर्थमन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय बैठकले गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij