
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको एउटा कवाडी गोदाममा आगलागी हुँदा १ जनाको मृत्यु, ४ जना घाइते भएका छन् ।
घाइतेमध्ये एकजनाको उपचारका क्रममा विराटनगरकै न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन । अन्य घाइतेमध्ये तीनजना अजिता सरदार,सुशीला पासवान, पिंकी कामतको न्युरोमा र एकजना किशोर कामतको कोसी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उपचारतमध्ये दुईको अवस्था गम्भीर छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij