Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ

नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ

  • काठमाडौं । नेपालीलाई रुसी सेनामा भर्ना हुन पठाएको आरोपमा काठमाडौंबाट १२ जना पक्राउ परेका छन् । लैनचौर, ठमेल र महाराजगन्ज क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ  ।

    images
    images
    images

    पक्राउ पर्नेमा द्रोण डाँगी, दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरि बहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष रोक्का र सन्तोष नेपाल रहेका छन् । भिजिट भिसामा नेपालीलाई भारतको बाटो हुँदै रुस  पठाएको र त्यहाँको सेनामा भर्ती हुन सघाएको उनीहरुमाथी आरोप लागेको छ ।

    परराष्ट्र मन्त्रालयले रुसी सेनामा कार्यरत रहँदा हालै गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गङ्गाराम मोक्तानको मृत्यु भएको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij