Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

दोषि भेटिए फार्मेसी बन्द गरिदिने मेयर बालेनको चेतावनी

दोषि भेटिए फार्मेसी बन्द गरिदिने मेयर बालेनको चेतावनी

  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नागरिकको जनस्वास्थ्यमा असर पुग्ने गरि औषधी नबेच्न चेतावनी दिएका छन् ।अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री भइरहेको भन्दै मेयर साहले सामाजिक संजाल फेसबुकमा सचेत गराएका हुन् ।

    images
    images
    images

    महानगरमा औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री गरेको तथा चिकित्सकको प्रेस्किप्सन बिना नै औषधि बिक्री भइरहेको  गुनासो आइरहेको उनले बताएका छन् । उनले मंसिर २९ गते भित्र माथि उल्लेखित सम्पूर्ण कार्यहरू कानुन बमोजिम गर्न सूचना जारी गरेका हुन् ।

    तोकिएको समयभित्र काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालित औषधि पसलको अनुगमन गर्दा दोषि भेटिए कानुनअनुसार औषधि पसल बन्द गर्नेसम्मको कारबाही गरिने मेयर साहले जनाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij