
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । चार दिनदेखि बेपत्ता भएका स्वास्थ्यकर्मीको शव फेला परेको छ । हुम्लाको सर्केगाड गाउँपालिका– ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय अंग फडेराको घरभन्दा आधा घन्टा टाढाको दूरी रहेको शव फेला परेको हो ।
घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव फडेरा मृतावस्थामा फेला परेका हुन् । पुदाले चौरको भिरबाट लडेर मृत्यु भएको हुन सक्ने आफन्तको भनाइ छ ।
गत शुक्रबारदेखि बेपत्ता भएको जनाउँदै आफन्तले खोजी तीव्र पारेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले घटनाको विस्तृत जानकारी अझै आउन नसकेको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij