
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । पोर्चुगलमा पठाउने भनी सात लाख ५० हजार रुपियाँ ठगी गरी सम्पर्क विहिन भएकी ४३ वर्षीय सुष्मा कुमारी खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार स्थायी घर बारा निजगढ – ४ भइ हाल तारकेश्वर नगरपालिका वडा नं. ८ बस्ने खड्काले राजु शाहीलाई पोर्चुगल जान ११ लाख रुपियाँ लाग्ने र त्यहाँको एक होटलमा वेटरको काममा मासिक एक लाख २० हजार रुपियाँभन्दा धेरै तलव हुन्छ भनी प्रलोभनमा पारेका थिए ।
उनलाई सोमबार काठमाडौं बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग तहाचल पठाइएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij