Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौँ- चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओमा १५ गुणा बढी आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोवल आईएमई क्यापिटलले दिएको पछिल्लो अपडेट अनुसार २ करोड १० लाख ५२ हजार ३२० कित्ता शेयर माग भएको हो ।
आईपिओमा १० लाख ६७ हजार ८ सय ९३ जना आवेदकबाट २ करोड १० लाख ५२ हजार ३ सय २० कित्ताको लागि आवेदन परेको हो । यो माग भन्दा १५.०८ गुणा बढी हो ।
कम्पनीले पुष २४ गतेदेखि सर्वसाधारणको लागि साधारण सेयर आइपीओ बिक्रि खुला गरेको हो । कम्पनीले एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको हो।
यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता आइपीओ कम्पनीका कर्मचारी, ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ भने सर्वसाधारणको लागि १३ लाख ९६ हजार २२ कित्ता आइपीओ छुट्याइएको छ।
आइपीओमा भोलि पुस २८ गतेसम्म आवेदन दिन पाइनेछ। ईच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अघिकतम १३ हजार ९६० कित्तासम्म आवेदन भर्न पाउनेछन्। मेरो शेयर एप, मेरो शेयर तथा सिआश्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आइपीओको लागि आबेदन दिन सकिनेछ। आईपिओ निष्काशनको लागि ग्लोबल आईएमइ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले यस अघि मङ्सिर १७ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि आईपिओ बिक्रि खुला गरेको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij