
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका झण्डै तीन हजार हवल्दारहरूको सरुवा गरेको छ । आइतबार सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले विभिन्न ठाउँमा कार्यरत २ हजार ९७८ जना प्रहरी हवल्दारको सरुवा गरिएको जानकारी दिएको हो ।
प्रहरी अतिरिक्त महानिरीक्षकको मंसिर १५ गते बसेको बैठकको निर्णयानुसार मंसिर महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुलाई सरुवा गरिएको सूचनामा उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij