Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

अफिम र चरेससहित पति–पत्नी पक्राउ

अफिम र चरेससहित पति–पत्नी पक्राउ

  • काठमाडौं ।  ठूलो परिमाणमा लागुऔषधसहित बाँकेको कोहलपुरबाट श्रीमान–श्रीमती पक्राउ परेका छन् ।

    images
    images
    images

    लागुऔषध कारोबार हुँदै गरेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कोहलपुरबाट गएको प्रहरी टोलीले कोहलपुर ८ पिपिरीबाट ४० वर्षीय रेवन्त राना र उनकी श्रीमती ३३ वर्षीया कविता थापालाई अफिम र चरेससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    प्रहरीले शनिबार राति पौने ९ बजे उनीहरुको साथबाट बा ५ प ८२१५ नम्बर जीपसहित १२ किलो ७०४ ग्राम चरेश र २ किलो ११६ ग्राम अफिम बरामद गरेको हो । प्रहरीले पक्राउ परेका दम्पतीसँग लागूऔषध कसुर मुद्दामा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij