Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

हिमालय एयरलाइन्सको काठमाडौं–सांघाई उडान सुरु

हिमालय एयरलाइन्सको काठमाडौं–सांघाई उडान सुरु

  • काठमाण्डौ । हिमालय एयरलाइन्सले काठमाण्डौ–सांघाई सिधा उडान सुरू गरेको छ । कम्पनीले चीनको ठूलो सांघाई सहरमा शनिबारदेखि नियमित उडान प्रारम्भ गरेको हो ।
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार बिहान ९ः२० बजे एक सय ३७ यात्रुसहितको हिमालयको जहाज सांघाई उडेको हो । काठमाडौ–सांघाई उडान पाँच घण्टा २० मिनेटको हुनेछ । हरेक शनिवार बिहान नियमित उडान हुने कम्पनीले जनाएको छ । सांघाईमा हिमालय एयरलाइन्सको यो पहिलो उडान हो ।

    images
    images
    images

    यो सहित कम्पनीले चीनको राजधानी बेइजिङसहित विभिन्न नौ सहरमा उडान विस्तार गरेको छ । उडानबारे जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनको मुख्य व्यापारिक र पर्यटकीय सहरमा सिघा उडानले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै बढीभन्दा बढी चिनियाँ पर्यटक नेपाल आकर्षण गर्न मद्दत पुग्ने बताए ।

    नेपाल–चीन सम्बन्धलाई थप उचाइमा लैजान, व्यावसायिक साझेदारी बढोत्तरीका साथै चिनियाँ पर्यटक भित्र्याउन काठमाण्डौ–सांघाई हवाई सम्पर्क सञ्जालले टेवा पुग्ने उनको विश्वास थियो । उपाध्यक्ष श्रेष्ठले कोभिड–१९ पछि नेपालमा चिनियाँ उडान बढेको, सीमा नाकाहरु खुलेकाले आगामी दिनमा उडान बढ्ने र पर्यटक आगमनमा पनि बढोत्तरी हुने बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले कोभिड महामारी पछि चीनबाट क्रमशः उडान विस्तार भइरहेकाले आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने विश्वास व्यक्त गरे । उनले पछिल्लो समय काठमाडौं विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ दैनिक एक सयभन्दा बढी उडानमार्फत करिब १५ हजार यात्रु आवत–जावत गरिरहेको जानकारी दिए ।

    नेपालका लागि चिनियाँ राजदूतावासका आर्थिक तथा वाणिज्य कन्सुलर छि यूले सांघाई–काठमाण्डौमा हिमालय एयरलाइन्सको उडानले दुई देशबीचको सम्बन्ध बलियो हुनुका साथै व्यापारिक दृष्टिले पनि महत्वपूर्ण भएको बताए । सांघाई जनवादी गणतन्त्र चीनको ठूलो सहरमध्ये एक हो । करिब ४० मिलियन जनसंख्या रहेको सांघाई चीनको उद्योग कलकारखानाको, राजधानीका रूपमा पनि कहलिएको छ । यो चीनको मुख्य व्यापारिक केन्द्र पनि मानिन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij