
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किंदै छन् । प्रधानमन्त्री प्रचण्ड संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिएर स्वदेश फर्कन लागेका हुन् ।
सचिवालयले प्रधानमन्त्री आज साँझ नेपाल आइपुग्ने जानकारी दिएको छ । शनिबार सम्मेलनमा प्रधानमन्त्रीले सम्बोधन गरेका थिए । सम्मेलनमा विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवं हानिकारक असर भोगिरहेको बताएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij