
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाण्डौको नयाँबानेश्वरस्थित इन्द्रेणी सुइट होटल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षर पश्चात् कम्पनीका कार्डबाहकले इन्द्रेणी सुइट होटलमा १० प्रतिशतसम्मको आकर्षक छूट पाउनेछन् ।
कम्पनीले यस किसिमको सहकार्यबाट ग्राहकहरु लाभान्वित हुनुका साथै नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बताएको छ । डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको पनि कम्पनीले जनाएको छ ।
कम्पनीको वेबसाइटमा डिजिटल कारोबार गर्दा पाइने छूट सम्बन्धी विस्तृत विवरणहरु प्राप्त गर्न सकिन्छ । कम्पनीले देशैभरका १८९ वटा शाखा, १४९ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट १६ लाख ७६ हजार ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij