
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । बर्दिया र कञ्चनपुरबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । बर्दियाकाे बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही गाउँपालिका-१ शान्तिपुर बस्ने २८ वर्षीय सुजन पुन मगर रहेका छन् । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीलेउक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यसैगरी, कञ्चनपुरकाे भिमदत्त नगरपालिका-१८ सालघारीबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ४९ मिलिग्रामसहित ३ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने बेदकोट नगरपालिका-१ बस्ने २३ वर्षीय सुनिल डगौरा समेत ३ जना रहेका छन् ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij