
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाण्डौ । जाजरकोटका भूकम्प पीडित जनताको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा करिब १९ करोड जम्मा भएको छ ।
कात्तिक १८ गतेदेखि हालसम्म ७४ जनाले १८ करोड ९१ लाख ९६ हजार १८२ रुपैयाँ जम्मा गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । भूकम्पले ठूलो जनधनको क्षति गरेपछि राहतस्वरुप विभिन्न संघसंस्था र व्यक्तिहरूले सरकारको विपद् कोषमा उक्त रकम जम्मा गरेका हुन् ।
जम्मा रकमबाट जाजरकोट र पश्चिम रुकुमका लागि ५०(५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड निकासा गरेको थियो । यसअघि सरकारले एक अर्ब ४१ करोड रुपैयाँ भूकम्प प्रभावित क्षेत्रका लागि पठाएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij