
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाण्डौ । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रीको सचिवालयले इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक बिपिन जोशीको रिहाइको पहलका लागि उनी मंसिर २३ मा कतार जान लागेको जनाएको छ ।
यसअघि परराष्ट्रमन्त्री साउदले मंसिर ८ गते कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
त्यसअघि मंसिर ७ गते बिहीवार उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए ।
कतारमा उनी दोहा २१ औं फोरममा पनि सहभागी हुन् सचिवालयले जनाएको छ। डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij