Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

सबैभन्दा बढी कर तिर्नेमा ग्लोबल आइएमई बैंक

सबैभन्दा बढी कर तिर्नेमा ग्लोबल आइएमई बैंक

  • काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंकका रुपमा सम्मानित भएको छ । आर्थिक वर्ष ०७८/०७९ मा तीन अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेसँगै सबैभन्दा बढीआयकर तिर्ने बैंक भएको हो । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन कार्यक्रममा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्न बैंकका रुपमा उक्त ग्लोबल बैंकलाई सम्मान गरेको थियो ।

    images
    images
    images

       कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाशशरण महतले ग्लोबल आएएमईका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई उक्त सम्मान प्रदान गरेका थिए । चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको ग्लोबल आईएमई बैंकले हाल विभिन्न सूचकहरुमा नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा स्थापित रहेको छ । मुलुकका ७७ बटै जिल्लामा शाखा रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रुपमा परिचित रहेको छ । सो बैंकको हाल मुलुकभरमा ३ सय ५० शाखा, ३ सय ६९ एटिएम, ३ सय २२ शाखारहित बैंकिङ सेवा र ६६ एक्सटेन्सन काउन्टर रहेका छन् । बैंकको राजस्व संकलन काउन्टरसमेत रहेका छन् । ती वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत बैंकले सेवा प्रदान गर्दै आएको छ । 


    रेमिट्यान्स कम्पनीतर्फ पनि आइएमई पहिलो
       रेमिट्यान्समध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनीकारुपमा आइएमई लिमिटेड सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८० का अवसरमा विभागले आइएमई लिमिटेडलाई सम्मान गरेको छ । अर्थमन्त्री डा. महतबाट आइएमई ग्रुपका प्रबन्ध निर्देशक र आइएमई लिमिटेडका संस्थापक तथा सञ्चालक हेमराज ढकालले उक्त सम्मान ग्रहण गरेका थिए । सन् २००१ मा स्थापित आइएमईले नेपालको समग्र रेमिट्यान्स क्षेत्रलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ । साधारण सेयर निष्कासन गर्ने तयारी गरिरहेको आइएमई सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रुपमा यसअघि पनि पटक–पटक सम्मनित हुँदै आएको थियो । 


      हाल कम्पनीले २ सय २५आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सबएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा नेपालीले कमाएको रकम नेपालमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरकाट वितरण गर्दै आईरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij