Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

कमेडियन अपूर्व क्षितिजलाई १० हजार जरिवाना

कमेडियन अपूर्व क्षितिजलाई १० हजार जरिवाना

  • काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई जिल्ला अदालत काठमाडौंले १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले १० मंसिरमा न्यायाधीश कपिलमणि गौतमको इजलासले सार्वजनिक शान्ति विरुद्ध र जातीय भेदभाव तथा छुवाछुत सम्वन्धी र सामाजिक रितिस्थितिमा खलल सम्वन्धी कसुरमा आंशिक दोषी ठहर गर्दै १० हजार रुपैयाँ जरिवाना गरेको जानकारी दिए ।

    images
    images
    images

    क्षितिजले युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’ सञ्चालन गर्दै आएका थिए । क्षितिजले नेवा: समुदायलाई होच्याउने गरी विषयवस्तु प्रशारण गरेको भन्दै उजुरी परेपछि २०७९ असोजमा पक्राउ परेका थिए । जिल्ला अदालतले थुनछेक बहसपछि उनलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij