
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टीले काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सेफेदी (बोदिनी)मा स्थानीयमाथि प्रहरीले दमन गरेको भन्दै विरोध प्रदर्शन गरेको छ ।
लप्सेफेदीमा निर्माण गर्ने सबस्टेसन र त्यसको सुरक्षा पोष्ट स्थापनाको विषयमा स्थानीयले अघि सारेको मागलाई सम्बोधन गर्नुको साटो स्थानीयहरुलाई नै प्रहरीले दमन गरेको भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीले विरोध प्रदर्शन गरेको हो । त्यस्तै एमसीसीको खारेज गर्नुपर्ने, असमान सन्धी सम्झौता खारेज गर्नुपर्ने लगाएतका माग राख्दै सो पार्टीले नारावाजीसहित प्रदर्शन गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij