Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

सात वटै प्रदेशका गृहमन्त्रीहरु काठमाण्डौमा

सात वटै प्रदेशका गृहमन्त्रीहरु काठमाण्डौमा

  • काठमाण्डौ । सात वटै प्रदेशका गृहमन्त्रीहरु काठमाण्डौ आएका छन् । प्रहरी समायोजनको माग गर्दै उनीहरुले संयुक्त रुपमा प्रधानमन्त्री र गृहमन्त्रीसँग भेट गर्ने कार्यक्रम रहेको छ । प्रहरी समायोजनमा सङ्घीय सरकारले गरेको ढिलाइले आफूहरुलाई काम गर्न अप्ठेरो परेको उनीहरुको भनाई छ ।

    images
    images
    images

    सातै प्रदेशका गृहमन्त्रीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सिंहदरबारमा दिउँसो २ बजे भेटघाट गर्ने कार्यक्रम रहेको छ । साथै, गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दिउँसो साढे तीन बजे गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गर्ने कार्यक्रम रहेको  छ ।

    images

    लामो समयसम्म पनि प्रदेश प्रहरी गठन हुन नसकेको भन्दै प्रदेश सरकारले असन्तुष्टि जनाउँदै आएका छन् । प्रहरी समायोजन ऐन २०७६ साल माघ २८ गते नै राष्ट्रपतिबाट प्रमाणीकरण भए पनि केन्द्र सरकारले कार्यान्वयनमा आनाकानी गरिरहेको प्रदेश सरकारको गुनासो रहेको छ। 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij