Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

बेलायतमा रोजगारीका लागि ७१ जना नर्स अन्तर्वार्ताका लागि छनोट

बेलायतमा रोजगारीका लागि ७१ जना नर्स अन्तर्वार्ताका लागि छनोट

  • काठमाडौं । बेलायतमा रोजगारीका लागि ७१ जना नेपाली नर्स अन्तर्वार्ताका लागि छनोट भएका छन् । अन्लाइन फाराम भरेकामध्ये अन्तरर्वार्ताका लागि वैदेशिक रोजगार विभागले ७१ जना नर्सलाई छनोट गरी नाम सार्वजनिक गरेको हो ।

    images
    images
    images

    बेलायत जानेहरूको अन्तिम नाम अन्तरर्वार्तापछि सार्वजनिक गरिनेछ । प्रारम्भिक सूचीमा नाम प्रकाशित भएका नर्सलाई अन्तार्वार्ताका लागि डिसेम्बर ४ देखि ७ तारिखसम्म बोलाइएको छ । गत भदौमा नेपाल र बेलायत सरकारबीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्ने सम्झौता भएको थियो ।

    सोही अनुसार द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउने प्रक्रिया अगाडि बढाएको थियो । जसमा १०० जना नर्सको लागि अनलाइन आवेदन आह्वान गरिएकोमा ७१ जनामात्र अन्तर्वार्ताका लागि छनोट भएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij