Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • काठमाडौँ । ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । मङ्सिर २८ गते बैंकले १७औँ वार्षिक साधारण सभा डाकेको छ । बैंकले साधारण सभा प्रयोजनका लागि मङ्सिर १३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।

    images
    images
    images

    जस अनुसार, आज मङ्गलवारसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउनेछन् । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा मङ्सिर २८ गते सो सभा बिहान ९ बजेदेखि शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको १ प्रतिशतका दरले बोनस सेयर र कर सहित ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

    सभाले प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयर धनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयर धनीको समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij