
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । जाजरकोटमा चिसोबाट एक सुत्केरीको मृत्यु भएको छ । नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया एक महिनाकी सुत्केरी शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ ।
हजारौँ मानिस घरबारविहीन भएका छन् । बढ्दो चिसोसँगै सुत्केरी, बालबालिका, वृद्धवृद्धा तथा बिरामीहरु प्रभावित भएका छन् ।
गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्निच्युटको भूकम्पबाट २६ हजार ५५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार ४५५ घरमा आंशिक क्षति भएको छ ।
सो भूकम्पबाट १५४ जनाको मृत्यु भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij