Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

नख्खुडोल र इमाडोलमा आगलागी

नख्खुडोल र इमाडोलमा आगलागी

  • काठमाडौं । ललितपुरको नख्खुडोल र इमाडोलमा आगलागी भएको छ । प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका २ इमाडोलस्थित अनिल आचार्य र रमेश भुषालको एआर टिम्वा सिरक कारखानामा करेन्ट सर्ट भई आगलागी भएको हो ।

    images
    images
    images

    आगलागीपछि कपास फिट्ने मेसिन २ थान लगायत विभिन्न कपडाहरू जलेर ७ लाख १० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

    यसैगरी ललितपुरको ललितपुर महानगरपालिका १४ नख्खुडोलस्थित काभ्रे बथानचोक गाउँपालिका ४ घर भएकी ३६ वर्षीया निर्मला तामाङको तरकारी पसलमा विद्युत सर्ट भएर आगलागी भएको छ ।
    आगलागीपछि पसल पूर्णरूपमा जलेर नष्ट भएको छ भने करिब २ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij