Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

द्रुत बस सेवा आजबाट पुनः सञ्चालन

द्रुत बस सेवा आजबाट पुनः सञ्चालन

  • काठमाडौँ । सरकारले सञ्चालन गरेको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा आएकाे छ । संविधान दिवसका दिन सुरु भएको बस सेवा कात्तिक ४ गतेबाट बन्द भएको थियो । 

    images
    images
    images

    यसअघि २५ वटा बसले सेवा दिएकोमा आजबाट ११ वटा थपेर ३६ पुर्‍याइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले द्रुत बस सेवालाई थप प्रभावकारी बनाउन बसहरू थपिएको र समय तालिकामा पनि केही संशोधन गरिएको जनाएको छ ।

    बिहान ८ देखि साढे १० र दिउँसो ३ देखि साढे ५ बजेसम्म द्रुत बस सेवा चल्नेछ । बस तीन–तीन मिनेटको अन्तरमा छट्दै  रत्नपार्कदेखि सूर्यविनायकसम्म  ओहोरदोहोर गर्नेछन् ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij