
Apr 06 2025 | २०८१, चैत २४ गते
काठमाडौं । आन्दोलनकारीलाई लिएर मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेताहरुको घरमा जाने बताएका छन् । हिजो देखि आन्दोलन सुरु गरेका प्रसाईले दुखित चेलिबेटीहरुलाई लिएर घर घेराऊ गर्ने बताएका हुन् ।
भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईले काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीले तीनकुनेमा गर्ने अनुमति दिएर अन्तिममा प्रतिबद्धता तोडेको आरोप लगाएका छन् । उनले काठमाडौं, भक्तपुर र ललितपुरका नेवार समुदाय पनि आन्दोलनमा आउनु पर्ने बताएका छन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij