
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । सुन तस्करी प्रकरणको छानबिनका गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगमा सरकारले चारजना थप गरेको छ । सञ्चारमन्त्री रेखा शर्माका अनुसार आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको मागबमोजिम प्राविधिकसहितका जनशक्ति थप गर्ने निर्णय गरेको हो ।
उनले थपिएकाहरूको नाम भने खुलाइनन् । उच्चअदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यलको संयोजकत्वमा असोज १४ गते आयोग गठन गरिएको थियो । आयोगको अन्य सदस्यमा अर्थ मन्त्रालयका किशोरजंग कार्की, गृह मन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij