
Apr 05 2025 | २०८१, चैत २३ गते
इजरायली सरकारले गाजामा युद्ध रोक्ने र बन्धक बनाएका ५० महिला र बालबालिकाको रिहा गर्ने हमाससँग सहमति भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा चार दिनको अन्तरालमा ५० जना महिला र बालबालिकालाई रिहा गरिने बताइएको छ ।
यस अवधिमा कुनै पनि प्रकारको झगडा गर्न प्रतिबन्ध लगाइनेछ । हमासले अक्टोबर ७ मा इजरायलबाट करिब २४० जनालाई अपहरण गरेको थियो । ५० बन्दी मुक्त भएपछि इजरायलले प्रत्येक एक दिन युद्दविराम लम्ब्याएवापत हमासले १० जना बन्दी छाड्ने सहमति भएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij