
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रलाई चलायमान बनाउनेबारे छलफल गर्न आह्वान गरेको बैठक सुरु भएको छ । सो छलफलमा नेपाल सरकारका मन्त्रीहरु, मुख्यमन्त्रीहरु, सचिवहरु, संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरु र निजी क्षेत्रका प्रतिनिधिहरुको उपस्थिती रहेका छन् ।
प्रधानमन्त्रीको कार्यालय, सिंहदरबारमा सो बैठक सुरु भएको छ । उक्त बैठकमा समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउन सुझाव, सल्लाह लिने जनाइएको छ । हिजो (सोमबार) साँझ प्रधानमन्त्री दाहालले देशको वर्तमान अर्थतन्त्रबारे छलफल गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij