
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । झण्डै दुई किलो अवैध लागु औषध कोकिनसहित एक भारतीय नागरिकलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ ।
१ किलो ९७३ ग्राम कोकिनसहित दोहाबाट आएकी भारतीय राहदानी बाहक ३२ वर्षकी किमरोसांगीलाई पक्राउ गरेको प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ ।
हिमालय एयरलाइन्सको उडानबाट काठमाडौं अवतरण गरेकी उनको लगेज खानतलासी गर्दा सुटकेसको माथिल्लो भागमा फल्स बटम बनाई प्लास्टिकको प्याकेटमा कोकिन लुकाएको भेटिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij