Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नक्कली नेपाली नोटसहित दुई महिला पक्राउ

नक्कली नेपाली नोटसहित दुई महिला पक्राउ

  • काठमाण्डौ । नक्कली नेपाली नोटसहित दुई महिला पक्राउ परेका छन् । शंखरापुर नगरपालिका–७ कोलागाल डेरा गरी बस्ने सिन्धुपालचोक जलविरेकी ४९ वर्षीया सिर्जना थापा र बूढानीलकण्ठ नगरपालिका–१२ कपन डेरा गरी बस्ने कुईवीर–४, ओखलढुंगाकी ४१ वर्षीया मैया कुमारी घिमिरे रहेका छन् ।

    images
    images
    images

    सिर्जनाको साथबाट १ हजार दरको १४० थान र कुमारीको साथबाट १ हजार दरको २१  थान नक्कली नोट बरामद भएको छ ।​ सोमबार राति  शंखरापुर नगरपालिका–७ कोलागालबाट सिर्जनालाई र बूढानीलकण्ठ नगरपालिका–१२ कपन निलोमाईक्रो पार्क नजिकबाट मैया कुमारीलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij