Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

सुनका गहनासहित तीनजना पक्राउ

सुनका गहनासहित तीनजना पक्राउ

  • काठमाण्डौ । रसुवागढी नाकाबाट सुनका गहनासहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रसुवाको आमाछोदिङमो गाउँपालिका–५ गोङ्गाङ बस्ने २९ वर्षीय सुरेश तामाङ, सोही गाउँपालिकाको वडा नम्बर ५ तातोपानी बस्ने ३७ वर्षीय निमा टासी तामाङ र गोसाईकुण्ड गाउँपालिका–३ ब्रिदीम बस्ने २३ वर्षीय ङ्वाङ लोप्साङ तामाङ रहेका छन् ।

    images
    images
    images

    इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको सशस्त्र प्रहरीको टोली र रसुवा भन्सार कार्यालयको संयुक्त टोलीले चीनबाट नेपाल आइरहेका उनीहरूलाई १३ लाखभन्दा बढी मूल्य बराबरका अवैध सुनका गहनासहित पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट १२ तोलाको एक/एक थान बेरुवा औंठी बरामद गरिएको जनाएको छ । बरामद सुनको बजार मूल्य १३ लाख ८८ हजार ४०० रुपैयाँ पर्ने जनाइएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij