
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खु चोकबाट स्रोत नखुलेको नगद ४ लाख ९ हजार रूपैयाँसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं ठमेल डेरा गरी बस्ने चीन घर भएका ३८ वर्षीय झाङ्ग विङ्ग र काठमाडौं नैकाप डेरा गरी बस्ने बानियाँटार घर भएकी २५ वर्षीया सरिता खड्का रहेका छन् ।
बा.प्र ०२-०४४ प २६११ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले स्कुटरमा सवार उनीहरूलाई उक्त नगदसहित आइतबार राति पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij